२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली कांग्रेस

सभापति देउवाले भने : "प्रधानमन्त्री पद मागेको छैन, प्रस्ताव आए स्वीकार गर्ने "

‘प्रधानमन्त्री पाऊँ, प्रधानमन्त्री पाउँ भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन ’

बुधवार , फाल्गुण १९, २०७७

काठमाडौं, फागुन  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री पद नमागेको, तर प्रस्ताव आए स्वीकार गर्ने बताएका छन् ।

संसद विघटन गर्ने सरकारी निर्णय बदर भएसँगै नेकपाको प्रचण्ड–माधव समूहले संयुक्त सरकार गठनको प्रस्ताव गर्दा देउवाले पार्टीमा छलफल गर्नुपर्छ भनेका थिए । तर बुधबार चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् ।

पदको लोभ नभएको, तर जिम्मेवारी आए नभाग्ने भन्दै उनले भनेका छन्, ‘प्रधानमन्त्री पाऊँ–प्रधानमन्त्री पाउँ भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन ।’ उनीभन्दा अगाडि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस प्रतिपक्षी भूमिकाबाट दायाँबायाँ हुन नहुने बताएका थिए ।

त्यसको जवाफ दिँदै देउवाले भने, ‘अरु पार्टीको (प्राधनमन्त्री) हुनुभन्दा आफ्नै पार्टीको हुँदा फाइदा नै होला, खुसी हुनुहोला भन्ने लाग्थ्यो । तर तपाईको कुरा अरु होस्, शेरबहादुर हुनै हुँदैन भने जस्तो लाग्यो ।

सानो चित्त नगर्नुस्, विशमल हृदय राख्नुस् रामचन्द्रजी ।’ उनले अघि भने, ‘प्रधानमन्त्रीका लागि मरिमेन्टेवाला पनि छैन, जिम्मेवारी आए भाग्ने वाला पनि छैन ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार