२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सरकार - विप्लव टोलीबीच दोस्रो चरणको वार्ता : 'दुबै पक्ष समान धारणा नजीक'

बुधवार , फाल्गुण १९, २०७७

काठमाडौं, फागुन । नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भएको छ ।

दोस्रो चरणको वार्ता बिषय केन्द्रीत रहेको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराइले ट्वीटरमार्फत जानकारी गराउनु भएको छ । दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको बताइएको छ ।

यस विषयमा आज विहान पनि वार्ताका विषयमा बिहान पहिलो चरणको वार्ता भएको थियो । सरकारले हिजो गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । त्यस्तै नेकपा विप्लव समूहले पनि हिजै वार्ता टोली गठन गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार