२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली काग्रेस

सभापति देउवाले भने : " नेपाली कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ"

'कांग्रेस आम नेपाली जनताको पक्षमा रहेको र जनताले जसलाई भन्छ उसैलाई नै आफूहरुले साथ दिने  '

बुधवार , फाल्गुण १९, २०७७

रौतहट, फागुन । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस सत्यको पक्षमा मात्र लागेर काम गरेकाे बताएका छन। सभापति देउवाले भने, देशको वर्तमान राजनितिक अवस्था हेरेर आफू चिन्तित रहेको र आउँदा दिनमा अब सत्यलाई मात्र साथ दिने बताए ।

रौतहटको गढिमाई नगरपालिका ६ सिंगारमन धर्मपुर स्थित बुधवार श्री विष्णु महायज्ञको उदघाटन गर्न आउनुभएका कांग्रेस सभापति देउवाले नेपाली कांग्रेसले मात्र देशलाई निकास दिनसक्ने बताए ।

यज्ञको उदघाटन गर्नुभन्दा अघि आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा देउवाले भने, 'कांग्रेस आम नेपाली जनताको पक्षमा रहेको र जनताले जसलाई साथ दिन भन्छ उसैलाई नै आफूहरुले साथ दिने  ।'

उनले भने, 'मुलुकलाई निकास दिन तथा विकास र समृद्धिको दिशामा अगाडि बढाउन कांग्रेस जुनसुकै चुनौतिलाई पनि सामना गर्न तयार छ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार