काठमाडौं, फागुन । नेपाली सेनाको पृतनापति सम्मेलन बुधबारबाट सुरु हुँदै छ । महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाले फागुन तीन दिने पृतनापति सम्मेलन आयोजना गर्न लागेको हो ।
२१ गतेसम्म सञ्चालन हुने सम्मेलनमा पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थितिबारे प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
साथै जङ्गी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए/गरेका कार्यका बारेमा प्रस्तुतीकरण एवं छलफल हुने नेपाली सेनाले जनाएको छ ।