२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा प्रचण्ड - माधव समूह

प्रचण्डले ओलीलाई भने : "ओलीको रणनीति : माधवलाई निमोठेर सिध्याउने, प्रचण्डलाई किचिक्क पार्नेे" 

'ओली सबैभन्दा बढी मााधवलाइ गाली गर्छन'

शनिवार , फाल्गुण १५, २०७७


काठमाडौं,  फागुन  ।  दल भित्रको बिबाद चुल्लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले  सबैभन्दा बढी माधव नेपाललाई गाली गर्ने गरेको  छन ।
यो प्रसंग  नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  बताएका हुन । एमाले र माओवादीबीचको एकतामा ओलीले नेपाललाई चार जिल्लामा मात्र सीमित गर्न खोजेको उनले सार्वजनिक गरेका छन् ।
नेकपा सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै ओलीले माधवलाई निमोठेर सिध्याउने र प्रचण्डलाई किचिक्क पार्छु भन्ने रणनीति बनाएको खुलाए  पनि गरे।

उनले एकताको सुरुका दुई वर्ष ओलीले सबैभन्दा बढी माधव नेपाललाई गाली गरेको  पनि बताए। बिस्तारै आफू पनि ओलीबाट पीडित हुन थालेपछि नेपालसँग सहकार्य अगाडि बढेको बताए।

पार्टीको आधिकारिकता र वैधानिकता आफूहरुले लिने दाबी गर्दै प्रचण्डले एकताका बेला ओलीले आफूलाई एमाले पार्टी हाक्ने दोस्रो नेता नभएका कारण आफूसँग एकता गर्न खोजेको बताएको स्मरण गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार