२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्रिपरिषद् बैठक निर्णय : " फागुन २३ मा संसद अधिवेशन आह्वानको सिफारिस गर्ने "

शुक्रवार , फाल्गुण १४, २०७७

काठमाडौं, फागुन । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतले गत मंगलवार संसद विघटनलाई असंवैधानिक भन्दै पुनर्स्थापनाको फैसला गरेको थियो। साथै, सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन आह्वान गर्न सरकारलाई निर्देशन समेत दिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार