२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा : 'प्रमुख सचेतकमा विशाल भट्टराई'

शुक्रवार , फाल्गुण १४, २०७७

काठमाडौं, फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सांसद विशाल भट्टराईलाई दिनुभएको छ ।

यसअघि देवप्रसाद गुरुङ सो जिम्मेवारीमा हुनुहुन्थ्यो । दलभित्र विवाद शुरु भएपछि दुई समूहमा पुगेको नेकपाभित्र अहिले जिम्मेवारी हेरफेरको क्रम जारी छ ।

संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार भट्टराईलाई आजै नयाँ जिम्मेवारी दिइएको छ । "आज शुक्रबारबाट लागू हुने गरी संसदीय दलका नेता तथा अध्यक्ष ओलीले सांसद भट्टराईलाई सो जिम्मेवारी दिनुभएको हो” उहाँले भन्नुभयो ।

नेकपा संसदीय दलको सचेतकको जिम्मेवारीमा शान्ता चौधरी रहनुभएको छ । नयाँ जिम्मेवारी पाएपछि आफू उत्साहित भएको बताउनुहुँदै प्रमुख सचेतक भट्टराईले  भन्नुभयो, “दलको भावना अनुकूल काम गर्नेछु, संसदीय दललाई प्रभावकारी र चुस्त बनाउनमा लाग्नेछु ।”

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार