२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली कांग्रेस पदाधिकारी बैठक

कांग्रेस निर्णय : "नेकपा विवाद नसल्टिएसम्म सहकार्य गर्न हुँदैन " 

बैठकमा सभापति देउवाले भने : 'नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको छ'

बिहिवार , फाल्गुण १३, २०७७

काठमाडौं, फागुन । नेपाली कांग्रेसले  बर्तमान राजनीतिक  परिस्थितिबारे बिश्लेषण गर्दै  नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद नसल्टिएसम्म  कुनै पक्षसँग सहकार्य नगर्ने  निष्कर्षमा पुगेको छ ।

देशमा बिद्यमान राजनीतिक अवस्थाबारे छलफल गर्न बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सो निष्कर्ष निकालेको हो । 
नेपाली काँग्रेसले संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा पनि गरेको थियो ।  बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय मागेका थिए ।

‘नेकपाको विवाद अन्तिम टुंगो नलागेसम्म 'नेपाली काँग्रेसलाई जनताले पनि प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको छ, सरकारमा जान हतार गर्न हुँदैन भन्ने निर्णय भएको छ ।' 
नेकपा विभाजन भएर सरकार बन्नै नसक्ने अवस्था आए मात्र यसबारे पार्टीमा छलफल गर्नु उपयुक्त हुने नेताले राय दिएको जनाइएको छ ।  ‘त्यस्तो बेला हामी आफैंले सरकारको नेतृत्व लिने, सरकारमा जाने वा बाहिरै बसेर समर्थन गर्ने विकल्प  निकालिने बताएका छन । 
नेपाल कम्युनिष्ट पार्टी बैधानिक रुपमा बिभाजन भइनसकेको र संसदीय दल पनि बिभाजन नभएको अवस्थामा काँग्रेसले कसैको लहडमा ल्याइउका प्रस्तावको पछि लाग्न नहुने छलफलमा उठेको जनाइएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार