काठमाडौं, फागुन । विभाजित पार्टीलाई एकता गराउने अभियान थालेका नेकपा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्रीले पदबाट राजीनामा दिन र पार्टीको सचिवालय बैठक बोलाउन माग गरेका छन् ।
आज विहान एक प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्ने र अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन माग गरेका हुन् ।
यद्यपी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले भने अब पार्टी एक नहुने तर छलफल भने हहहुनसक्ने बताएका छन ।
प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।’
यसअघि यही सचिवालय बैठक बोलाउने र निर्णय गर्ने कुरामा भने यिनै गौतम बोल्दैनथे । खुसुक्क प्रधानमन्त्री ओलीकामा पुगेर सहमति गर्थे ।
सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको फैसलालाई ऐतिहासिक भनेका गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न पनि सुझाव दिएका छन् ।
संसद विघटन बदर भएको दिनलाई उपाध्यक्ष गौतमले निरंकुशता, स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिनको रुपमा उल्लेख गरेका छन् । यसअघि उनी बोलेका थिएनन् ।