२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा प्रचण्ड–माधव समूह : 'संसदीय दलको बैठक बोलाए"

बुधवार , फाल्गुण १२, २०७७

काठमाडौं, फागुन  । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले संसदीय दलको बैठक बोलाएको छ ।

आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ ।

प्रचण्ड-माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ । सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार