विराटनगर, फागुन । प्रधानमन्त्री के पी शर्मा ओलीमाथि बिराटनगरका जनताले आक्रोश पोखेका छन । आज कार्यक्रममा भाग लिन बिराटनगर पुगेका ओलीको बिरोधमा बिराटनगरका जनता एयरपोर्टमै बिरोधमा उत्रिए ।
प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगे लगत्तै प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीले एयर्पोर्ट मोडमा उन विरुद्ध प्रदर्शन गरेका हुन् ।
आज हुने आफ्नो समूहको शक्ति प्रदर्शन र सभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् । प्रधानमन्त्री आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।