२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस केन्द्रीय समिति बैठक : "आज पनि दिउँसो ३ बजे बस्दै"

बिहिवार , फाल्गुण ६, २०७७

काठमाडौं, फागुन  ।  नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज  पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने छ । बुधबार बसेको बैठकमा पार्टीको १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरिएको थियो ।

उक्त प्रस्ताव अनुसार २०७८ को भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन हुनेछ । त्यस्तै अहिलेको कार्यसमितिको म्याद ६ महिना थप्न प्रस्ताव गरिएको छ ।

भदौपछि भने कांग्रेस संवैधानिक संकटमा पर्नेछ । गत वर्षको फागुनमै महाधिवेशन हुनुपर्नेमा एक वर्ष समय थपिएको थियो । त्यो म्याद पनि कांग्रेसले गुजारेको छ ।

अबको ६ महिनाभित्र महाधिवेशन नगरे कांग्रेसलाई जोसुकैले आफ्नो पार्टीका नाममा निर्वाचन आयोगमा दर्ता गर्न सक्नेछ । बिहीबारको बैठकमा महाधिवेशनको मिति टुङ्गोसँगै संसद विघटनविरुद्धको आन्दोलनका विषयमा पनि छलफल गर्नेछ । कांग्रेसले संसद विघटनको विरोध गरे पनि चुनावमा जाने सम्वन्धमा विवाद छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष संसद विघटन असंवैधानिक भएकाले संसद पुनःस्थापित हुनुपर्छ भन्ने बाटोमा छन् भने सभापति शेरबहादुर देउवा पक्ष मुद्दा संसदमा विचाराधीन रहेकाले सर्वोच्च अदालतको फैसला कुर्ने र चुनावको तयारी पनि सँगसँगै गर्नुपर्छ भन्ने पक्षमा छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार