२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बागमती प्रदेशसभाको बैठक : 'आज बस्ने तय, सूचना टाँसेर स्थगित'

बुधवार , फाल्गुण ५, २०७७

 हेटौंडा,  फागुन । आज बस्ने तय भएको बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

प्रदेशसभा बैठक आज २ बजेका लागि बोलाइएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध गत माघ ९ गते टेबुल भएको अविश्वासको प्रस्तावमाथि आजबाट दलगत छलफल शुरू गर्ने तयारी थियो ।

तर ‘विशेष कारण’ भन्दै अन्तिम समयमा बैठक स्थगित गरिएको छ ।

प्रदेशसभाका सचिव कृष्णहरि खड्काद्वारा जारी सूचनामा अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित भएको उल्लेख छ ।

यसअघि पनि माघ १९ गते २ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै सूचना निकालेर स्थगित गरिएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार