२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

उपसभापति निधिले भने : "ओलीले संविधानलाई नै खतरामा पार्न खोजे "

सोमवार , फाल्गुण ३, २०७७

सप्तरी, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई नै खतरामा पार्न खोजेको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा सप्तरीले सदरमुकाम राजविराजमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै निधिले भने, ‘संसद् विघटन गरेर ओलीले संविधानमाथि प्रहार गर्नुभएको छ । संविधान जोगाउन दुई विकल्प मात्रै बाँकी छ ।’

‘जनताले चुनावमा मत हालेर संसदको गठन गर्न सक्छ,’ उनले भने, ‘त्योभन्दा अगाडि अदालतले सटकट तरिकाले पुनर्स्थापना पनि गर्न सक्छ ।”

पुनर्स्थापना भए ठीक हुने, तर चुनाव भएपनि कांग्रेस पछाडि नहट्ने उनले बताए । कांग्रेसका सप्तरी सभापति दिनेशकुमार यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशता प्रदर्शन गर्दै संसद् विघटन गरेको आरोप लगाए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार