२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस नेता गगन थापाले भने

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली प्रवृत्ति : 'संसद् पुनर्स्थापनापछि एक एक हिसाब किताब हुने'

सोमवार , फाल्गुण ३, २०७७

काठमाडौं, फागुन । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य गगन थापाले संसद् पुनर्स्थापनापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली प्रवृत्तिको एक एक हिसाबकिताब हुने चेतावनी दिएका छन् ।

संसद् विघटनविरुद्ध नेपाली कांग्रेसले आयोजना गरेको विरोध कार्यक्रमलाई चितवनमा सम्बोधन गर्दै नेता थापाले यस्तो चेतावनी दिएका हुन् । देशलाई संविधानभित्र बसेर नभई सनकका भरमा चलाउन खोजेको नेता थापाले बताएका छन् ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकोमाथि प्रश्न उठाउँदै उनले भने, ‘प्रश्न संविधानमा नलेखेको गर्न पाइन्छ कि पाइँदैन भन्ने हो ? प्रश्न संविधानको शासन हो कि सनकको हो ? प्रश्न विधिको शासन हो कि सेटिङको शासन भन्ने हो ?’ उनले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको गलत प्रवृत्तिका कारण देशमा राजनीतिक सङ्कट सिर्जना भएको बताएका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संविधानको जगमा हानेको बताउँदै नेता थापाले भने, ‘‘संसद् पुनर्स्थापनापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली प्रवृत्तिको एक एक हिसाबकिताब हुन्छ।’

त्यस्तै उनले अहिले चुनावमा जाने कुरै नआउने टिप्पणी गरेका छन् । उनले भने, ‘चुनाव हुन्छ कि हुन्न भनेर कांग्रेस अलमलमा पर्न जरुरी छैन। पुनर्स्थापित संसद्ले देशलाई चुनावमा लैजान्छ। चुनावबाट जितेर आउने हो।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार