२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

 २६ औं जनयुद्ध दिवस

प्रचण्डले ओलीलाइ भने : "संविधान र लोकतन्त्र मास्ने भ्रम नपालाै "

‘युद्धलाई शान्तिमा रुपान्तरण गरेका छौं

शनिवार , फाल्गुण १, २०७७

काठमाडौं, फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओली सहिदको बलिदानबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई किच्न सकिन्छ भन्ने भ्रममा रहेकाे नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  बताएका छन् । प्रचण्डले यो भ्रमबाट छिटो मुक्त हुँदा राम्रो हुने पनि बताए ।

 २६ औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो हेक्का राख्न जरुरी छ, इतिहासका ती महान सहिद कहिल्यै मर्ने छैनन् । ती हजारौं सहिदहरु मरे भनेर प्रतिक्रियावादी सत्ताधारीले यदि सोचेका छन् भने ती साह्रै ठूलो भ्रममा छन् ।

केपी ओलीहरुले ती हजारौ सहिदहरुले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतन्त्रलाई म किच्न सक्छु भन्ने ठानेका छन् भने उनी साह्रै ठूलो भ्रममा छन् । उनी छिटै भ्रम मुक्त हुँदा राम्रो हुन्छ भन्ने म सुझाव राख्न पनि चाहन्छु ।’

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने, देशमा राजनीतिक स्थायित्व र विकासतर्फ लैजाने जमर्को गरे पनि दक्षिणपन्थी कित्ताबाट प्रहार भएको पनि प्रचण्डले बताए । ‘युद्धलाई शान्तिमा रुपान्तरण गरेका छौं ।

शान्तिलाई हामीले संविधानसभामा रुपान्तरण गर्यौं । संविधानसभालाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गर्यौं,’ प्रचण्डले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रभित्र कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने र देशमा राजनीतिक स्थायित्व र विकासतिर लैजाने जमर्को गर्यौं तर अहिले त्यही ऐतिहासिक पहलकदमीमाथि प्रहार भएको छ, दक्षिणपन्थी कित्ताबाट, प्रतिक्रान्तिकारी कित्ताबाट ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री भएको बेला आफूले जनयुद्ध र जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरे पनि केही प्राविधिक कमजोरी भएकाले अहिलेसम्म सो निर्णयले औपचारिकता पाउन नसकेको उनले बताए ।

उनले त्यसलाई औपचारिक स्वरुप दिने र सबै सहिदहरुलाई सम्मान गर्ने कुरा निरन्तर अगाडि बढाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार