सप्तरी, माघ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई संविधानमाथिको कू भनेर संज्ञा दिएका छन ।
बुधबार सप्तरीको महदेवा गाउपालिका ४ डाढामा आयोजित जनप्रदर्शन तथा विरोध सभालाई सम्बोधन गर्दै उनले नेकपाभित्रको आन्तरिक झगडाका कारण जननिर्वाचित सर्वोच्च संस्था भंग गरेर ओलीले लोकतन्त्र र गणतन्त्रमाथि नै प्रहार गरेको बताएका छन । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पछाडि धकेलेर देशलाई प्रतिगमनतर्फ उन्मुख गराउने षड्यन्त्रका साथ् गरिएको बताए ।
उनले भने, ‘यहाँ सेटिङको राजनीति भएको छ, यसले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउँछ । सबैभन्दा ठूलो शक्ति जनशक्ति हो, त्यसैले हामी अहिले ओलीको प्रतिगामी कदमविरुद्ध जनताको शक्तिमा उभिएका छौं ।’
अध्यक्ष यादवले भने, ‘संविधान उलंघन गरी लोकतन्त्रमाथि हमला गर्ने तत्कालिन राजा ज्ञानेन्द्रलाई आन्दोलनको आँधीले उडाए जस्तै ओली एन्ड कम्पनीको पतन निश्चित छ ।’
असंवैधानिक रुपमा गरिएको संसद विघटनलाई सर्वोच्च अदालतले सच्याउँछ भन्नेमा हाम्रो मात्र नभई आम नेपालीको भरोसा रहेको उल्लेख गर्दै भने, ‘नेपाली जनता सर्वोच्च अदालतमाथि भरोसापूर्ण नजरले नियाल्दै छन् । अदालतले न्यायोचित निर्णय दिन्छ भन्ने विश्वास छ ।’
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेशगरेकालाई अविर माला लगाएर स्वागत गर्नुभएको थियो ।
कर्यक्रममा राष्टिय«सभा सदस्य द्वय मृगेन्द्रकुमार सिंह यादव, शेखर सिंह, नेतृ रेणुकुमारी यादव, प्रदेश मन्त्री नवलकिशोर साह, शैलेन्द्रप्रसाद साहलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम यस सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ कोइलाडीमा निर्माण हुने विद्यालय भवनको पनि एक कार्यक्रमबीच अध्यक्ष यादवले शिलान्यास गरेका छन ।
एककरोड २५ लाखको लागतमा कोइलाडीस्थित राजेन्द्र देवकी माध्यमिक विद्यालयमा उक्त भवन निर्माण हुन लागेको हो । जनता समाजवादी पार्टीका अध्यक्ष एवं सप्तरीको निर्वाचन क्षेत्र २ का संसद् यादवको संसदीय विकास कोषबाट उक्त विद्यालयमा भवन निर्माण गर्न शिलान्यास गरिएको हो ।