२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा प्रचण्ड–माधव समूह

अध्यक्ष प्रचण्डले भने : "केपी ओलीलाई छोड्नेकाे लाम लागेको छ"

बुधवार , माघ २८, २०७७

काठमाडौं, माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली समूहमा रहेका नेताहरु आफूहरुतर्फ आउन लागेको बताएका छन् । ओलीले बनाएको दुई  मन्त्रीसमेत आफूसँग वार्तामा रहेको प्रचण्डले बताए ।

‘केपी ओलीलाई छोड्ने मान्छेको लाम लागेको छ । अरु त अरु, दुईजना मन्त्री पनि फर्कन मसँग वार्तामा छन्’, उनले भने । यो सबै देखेपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने प्रचण्डको भनाइ थियो ।

उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर पशुपतिनाथतिर जान आग्रह गरे । ‘तुरुन्त राजीनामा गरेर पशुपतितिर लाग्नुहोस्, उहाँ जनताको शरणमा भन्दा भगवानको शरणमा जानुभएको छ’ उनले भने ।

प्रचण्डले आफूहरुले नेपाली जनतालाई नै भगवान मानेको बताए । ‘हाम्रो भगवान नेपाली जनता हो । हामी तपाईको शरणमा छौं’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार