काठमाडौं, माघ । हाम्रा पुर्खाले लडेर सुरक्षित गरेकाले आज नेपाली भूभाग गौरवको रुपमा सुरक्षित रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । इतिहासको तथ्यपरक अध्ययन अनुसन्धान गरी त्यसलाई स्थापित गर्न आउँदो पुस्ताले कहिल्यै विर्सन नहुने उनले उललेख गरे ।
नेपाली सेनाको ‘एकीकरण मार्ग कार्यक्रम बृहत् सेमिनार २०७७’ मा आइतबार सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, “हाम्रो भूभाग नेपाली जनताको बहादुरीबाट कायम भएको हो, यसको अगुवाई विभिन्न व्यक्तित्वले गरे” नेपाली सेना, प्रहरी जे सेवामा भए पनि नेपाली जनताका छोराछोरी हुन, कोही बर्दी लगाएर लडे कोही नलगाएरै लडे, “देशको भलोका लागि धेरैले पीडा, यातना सहनु प¥यो, त्यसलाई सबैले स्मरणमा राख्नुपर्छ ।”
यो देश चिठ्ठामा परेर आएको नभएर हाम्रा पूर्खाका बलिदान र योगदानले प्राप्त भएको चर्चा गरे । प्रधानमन्त्री ओलीले सबै गढी किलाको संरक्षणको काम नेपाली सेनालाई सुम्पिएको बताए । गत वर्षको फागुन ९ गते कालु पाण्डे गढीमा गएर आफूले सरकारको तर्फबाट त्यसको जिम्मेवारी सेनालाई दिइएको सार्वजनिक गरेको उनले स्मरण गरे ।
कालु पाण्डे समाधिस्थल वरिपरिको गढीको विकास गरी पर्यटकीय स्थलकोरुपमा विकास भइरहेको बताउदै प्रधानमन्त्री ओलीले भने, अन्य ठाउँको गढीलाई पनि सोही अनुरुप विकास गर्देजाने छ । त्यसले पूर्खाको योगदानको गौरवपूर्ण इतिहास झल्काउने छ । आज केही व्यक्तिमा देशभक्ति प्रतिको कमी देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
हिजो एकीकृत राज्यलाई लडाईबाट जोगाउनुपरेको थियो, आज समय बदलियो जनताको एकताबाट बचाउन सकिन्छ प्रधानमन्त्री ओलीले भने “एकीकरणको काम पृथ्वीनारायण शाहले शुरु गरे, उहाँ पछिका पुस्ता केहीले पनि राम्रो काम गरे ।” भीमसेन थापाले सम्हालेको मोर्चाले नेपाल जोगाउने काममा ठूलो योगदान गरेको उनले बताए ।
भीमसेन थापाका छोरा उजिनसिंह थापाले पनि ठूलो याेगदान दिएको स्मरण गदै भने, अनेक योद्धाले लडाईका मोर्चा सम्हालेका छन्, हामी पृथ्वीनारायण शाहप्रति मात्र होइन, अमरसिंह, भिमसेन, भक्ति थापा, कालु पाण्डे, दामोदार पाण्डे लगायतका सेनाप्रति, महान पूर्खाको यथोचित सम्मान गर्नुपर्छ भने ।
हाम्रो गौरवपूर्ण इतिहास रचना गर्ने महान पूर्खाहरुको विना भेदभाव सम्मान गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए। “अहिले हामीले पूर्खाले लडाई गर्नुभएको ठाउँको संरक्षण गर्नुमात्र काम हो, लडाई गर्नु परेको छैन, तर पूर्वजहरुले ज्यान जोखिममा राखेर लडाई गरेर नेपाल जोगाए” प्रधानमन्त्री ओलीले थपे, “हामीले जति सलाम, सम्मान गरेपनि पूर्खाको तुलनामा हाम्रो काम सानो हुन्छ ।” हाम्रा पूर्खाहरु लडाई गर्दा यत्रो ठूलो सेना थिएन, यत्रो हातहतियार थिएन तर पनि लडाई लडेर नेपाली भूभाग जोगाएकाे चर्चा गरे