बिर्तामोड, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनबिरुद्ध आफूहरुले कानुनी र राजनैतिक दुबै लडाई सुरु गरेको पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बतएका छन ।
प्रेस सङ्गठनद्धारा शुक्रवार बिर्तामोडमा आयोजनामा गरिएको पत्रकार सम्मेलनमा नेकपाका वरिष्ठ नेता खनालले भने, ‘प्रधानमन्त्रीले तीनकरोड जनताको वलिदानबाट प्राप्त संविधानलाई च्यात्न लागेकाले आफूहरु आन्दोलनमा जान बाध्य भयौँ ।’
जनता यस कदमविरुद्ध सडकमा नउत्रिने हो भने देश थप तानाशाहीकरणतर्फ जाने उनको दाबी छ । उनले थपे, ‘भर्खरै सरकारले गरेको संबैधानिक निकायको नियक्तिको उदाहरण मान्न सकिन्छ ।’
उनले भने, ‘सवोच्च अदातल कुनै राजा महाराजा, हुकुमी शासकले र कुनै सेटिङबाट बनाएको अदालत नभएको र जनआन्दोलन २०६२÷६३ सालको संविधानबाट बनाएको भएकाले नेपाली जनतालाई न्याय दिदै लोकतन्त्रको रक्षा गर्ने विश्वास छ ।’
आफूहरुलाई अझै पनि सांसद पुनस्र्थापना हुने कुरामा विश्वास रहेको बताउँदै हालसम्म अलग अलग हुँदै आएको आन्दोलन समेत सयुक्त भएर अगाडि बढ्ने चेतावनी दिए ।