२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

उपप्रधानमन्त्री पोखरेलकाे प्रतिवद्धता : 'मुलुकको रक्षाका लागि डटेर लाग्छाै"

शुक्रवार , माघ २३, २०७७

काठमाडौं, माघ २३ गते । जस्तोसुकै प्रतिकुलता आएपनि मुलुकको रक्षाका लागि डटेर लाग्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिवद्धता व्यक्त गरेका छन ।

नेकपा बागमती प्रदेशद्वारा शुक्रबार दरवार मार्गमा आयोजित बृहत आमसभामा बोल्दै उनले भने, मुलुकको अराजकता, अस्थिरता समाप्त गर्ने अभियानमा  रहेका बेला केही तत्वले विभिन्न बहानामा अवरोध गरेपनि देश र जनताका लागि अगाडि बढेको बताए ।

उनले थपे, जनताको बीचमा गएर सबै गलत शक्तिलाई परास्त गरी मुलुकको सार्वभौम, गणतन्त्र, लोकतन्त्र, स्वाधिनता तथा राष्ट्रिय एकतालाई कायम गरिछाड्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

“हामीले भनेका थियौं राजनीतिक स्थायित्व हुन्छ, संविधानको रक्षा हुन्छ, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा हुन्छ, तर दुर्भाग्य  केही तत्वहरु सो अभियानलाई विथालेी मुलुकमा पुनः संकट उत्पन्न गर्न खोज्दैछन” उनले थपे, “त्यस्तो शक्तिलाई हामीले सफल हुन दिन्नौं, मुलुकको रक्षा गरेरै छाड्छौं ।”

नेपाली जनताको चाहना अनुसार मुलुक अगाडि बढ्छ उनले भने, “हामी ताजा जनादेशमा जाने निर्णय गरेका छौं, जनताले जे फैसला गर्छन्, त्यो हामी स्वीकार्छौं” उपप्रधानमन्त्री पोखरेलकाे भनाइ िथयाे । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार