काठमाडौं, माघ । मुलुकमा असाधारण परिस्थिति सिर्जना हुनुको पछाडि राजनीतिक सत्ता, नेतृत्व र प्रश्नसित जोडिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बताएका छन ।
नेकपा बागमति प्रदेशद्वारा शुक्रबार दरवारमार्गमा आयोजित बृहत आमसभामा बोल्दै उनले भने, घटनाको कारणलाई ठीकसँग बुझेर मात्र त्यसको सामना गर्न सकिने हुनाले परिस्थिति बुझेर त्यसको सामना गर्ने काम भइरहेको बताए ।
“राजनीतिक सत्ताको केन्द्रीय सत्ता भनेकै प्रधानमन्त्रीसँग जोडिएको हुन्छ, त्यो पार्टीको अध्यक्षसँग जोडिएको हुन्छ” नेता बादलले भने, “यो अवस्था उत्पन्न हुनुको पछाडि पदबाट विस्थापित गर्ने षडयन्त्रसँगै जोडिएको छ, यसलाई हामीले बुझ्नुपर्छ ।”
पार्टीको अध्यक्षलाई, प्रधानमन्त्रीलाई केही तत्वले अपदस्थ गर्न खोज्दा परिस्थिति सिर्जना भएको बताए । उनले राष्ट्रपतिलाई विस्थापन गर्न खोज्ने षडयन्त्रका कारण यो अवस्था सिर्जना भएको चर्चा गरे । यसको सामना गरेरै मात्र राजनीतिक शक्ति हासिल गर्न सकिने र संविधानको रक्षा गर्न सकिने उनले बताए ।
अहिलेसम्म प्राप्त उपलब्धीको रक्षा गर्न र मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न आफूहरुको अभियान रहेको उनले बताए ।
“प्रतिगमनकारी तत्वहरुले सबै प्रकारका षडयन्त्र र भ्रमको सहारा लिइरहेका छन” गृहमन्त्री बादलले भने, “अस्थिरता कायम गर्न खोज्ने नेतृत्वले आत्मसमर्पन नगरे तिनीहरुलाई जनताको बलमै असफल बनाइने छ, मांसाहारी आन्दोलन गर्ने गर्ने कानुनतः दण्डित हुनेछन ।”
अपराधीहरुलाई जाउलाखेलको चिडियाखानामा लगेरु बन्द गरिने उहाँले चेतावनी दिए । आगामी निर्वाचनमा अग्रगमन चाहने शक्तिलाई नै जनताले विजय बनाउने विश्वास गर्नुहुँदै गृहमन्त्री थापाले नारायणहिटी अगाडिको आमसभाले गणतन्त्रको रक्षा गर्न आफूहरु लागिपरेको सन्देश दिएको बताए ।
देशलाई प्रतिगमनमा लग्न खोज्ने तत्वहरुलाई कुनै हालतमा परास्त गरेरै छाड्ने उहाँले चेतावनी दिए । गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि आमसभाको आयोजना गरिएको उनले बताए।