२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

डा. भट्टराईले भने : "संयुक्त आन्दोलन गर्न कांग्रेसले इच्छा देखाएन"  

बिहिवार , माघ २२, २०७७

 

संखुवासभा, माघ ।  नेपाली कांग्रेसले ईच्छा  नदेखाउँदा संयुक्त आन्दोलनमा जान नसकिएको जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले  बताएका छन् । उनले भने, कांग्रेसको मूल नेतृत्वको अनिच्छा नै संयुक्त आन्दोलनको बाधक बनेको छ  

संखुवासभाको खाँदबारीमा बिहीबार जनता समाजवादी पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले प्रतिनिधिसभा अहिले पनि जीवित रहेको दाबी गरे ।

उनले भने, ओलीको असंवैधानिक कदमविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढुलमुले चरित्र देखायो । नेकपा विभाजनको औपचारिक टुंगो नलाग्नु र कांग्रेस पर्ख र हेरको अवस्थामा रहेकाले दलबीच साझा आन्दोलन हुन नसकेको उनको भनाइ छ ।

राज्यका सबै अंग नियन्त्रणमा लिएर दुई तिहाई मत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्नु चरम निरंकुशता र तानाशाही प्रवृत्ति भएको पनि उनको भनाइ थियो । यस्ता शासक जतिसुकै बलिया ठानिए पनि छिट्टै पतन हुने र अरुलाई पनि सर्वनाश पार्ने बताए । 
उनले प्रतिगमन नटिक्ने भन्दै नागरिकको अधिकार नमिच्न र संविधानमाथि आक्रमण नगर्न चेतावनी दिए ।
भट्टराईले प्रतिनिधिसभा पुनस्थापना बिना कुनै हालतमा निर्वाचन नहुने भएकाले ओलीले सत्ता लम्ब्याउन चुनावी तयारीको नाटक गरिरहेको आरोप लगाए । शुक्रबार हुने विरोधसभालाई सम्बोधन गर्न पत्नी हिसिला यमीसहित नेता भट्टराई संखुवासभाको खाँदबारी आएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार