२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सरकारले द्वन्द्व तिम्त्याउन खोज्याे : श्रेष्ठ

बिहिवार , माघ २२, २०७७

काठमाडौं, माघ  । नेकपा प्रचण्ड-माधव समूहको संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण आन्दोलनका क्रममा धरपकड गरेर सरकारले द्वन्द्व तिम्त्याउन खोजेका बताएका छन् ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै प्रचण्ड-माधव समू केही ठाउँमा तोडफोड भएको छ । बन्द गराउन सडकमा पुगेका प्रचण्ड-माधव समूहका नेता कार्यकर्ता पक्राउ परेका पनि परेका छन् ।

आम हड्तालका क्रममा रत्नपार्क क्षेत्रमा रहेका संघर्ष समितिका संयोजक श्रेष्ठले भने, ‘शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन आएका धेरै साथीहरुलाई गिरफरतारी गरिएको छ, यसो नगर्नु पथ्र्यो ।

सरकारले द्वन्द्व तिम्त्याउछ र यसबाट निम्तने परिणामको जवाफदेही सरकार नै हुनुपर्छ ।’ ट्याक्सीमा भएको आगजनबारे सोधिएको प्रश्नमा भने उनले कहि कतै त्यस्तो भएको भए आफैं छानविन गर्ने बताए ।

आफूहरु शान्तिपूर्ण आन्दोलनप्रति प्रतिवद्ध रहेको भन्दै उनले भने, ‘अबान्छित तत्वहरुले बद्नाम गराउने प्रयत्न गरेका छन्, त्यसप्रति सचेत पनि छौं ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार