२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

आमहड्तालमा सडकमा निस्किएका ७७ नेता, कार्यकर्ता पक्राउ

बिहिवार , माघ २२, २०७७

काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहले घोषणा गरेको आमहड्तालमा सडकमा निस्किएका ७७ जना नेता, कार्यकर्ता पक्राउ परेका छन् ।

निर्वादरुपमा हिँड्न अवरोध गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालका अनुसार काठमाडौंबाट ७६ र भक्तपुरबाट एक जनालाई पक्राउ गरी नजिकैको प्रहरी कार्यालयमा राखिएको छ ।

डर, धम्की देखाउने र जबरजस्ती रोक्ने कार्यलाई निषेध गरिएको पालले अनलाइनखबरलाई बताए । गृह मन्त्रालयले बुधबारै सूचना जारी गरेर सडकमा कुनै पनि किसिमको अवरोध वा तोडफोड भए जोसुकैलाई पक्राउ गर्ने भनेको थियो ।

सोही अनुरुप प्रहरीले बिहान २ बजेदेखि नै उपत्यकामा सादा पोशाकका प्रहरी टोली खटाएर निगरानी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार