२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रचण्ड माधव समूहको आम हड्ताल

गृहले भन्यो : " शान्ति सुरक्षामा खलल, कारवाही गर्छु "

बुधवार , माघ २१, २०७७

काठमाडौं, माघ । गृह मन्त्रालयले प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालप्रति ध्यानाकर्षण भएको बताएको छ । विवादका बीच संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले भोलि आमहड्ताल आह्वान गरेको छ।

गृह मन्त्रालयले भने विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको छ ।

शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ । साथै दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाउने मन्त्रालयले बताएको छ ।

हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति

 
 

यो खबर पढेर तपा

हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार