२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रचण्ड - माधव समूह  

आज आम हड्ताल : "संविधान र लोकतन्त्रको रक्षाका लागि यो संघर्ष "

संवैधानिक निकायमा बलमिच्याईपुर्वक  नियुक्ति 

बुधवार , माघ २१, २०७७

 

काठमाडौं, माघ  । सरकारले संवैधानिक निकायमा बलमिच्याईपुर्वक  नियुक्ति गरेको नेकपा प्रचण्ड - माधव समूहको ठहर छ । सोही बिषयलाई लिएर आज आम हड्ताल गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले  सरकारको सिफारिसमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग,निर्वाचनआयोगलगायतका संवैधानिक निकायमा नियुक्ति गरेका  छन ।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड माधव समूहले आकस्मिक रुपमा देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको हो ।संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायमा गरिएको नियुक्ति बल मिच्याई र निरंकुशतन्त्रको पराकाष्ट भएको बताएका छन ।
 उनले भनेका छन, त्यसको विरोधमा आम अड्ताल गर्नु बाध्यता भएको छ,  ‘केही असहज स्थिति हुनेछ, यसका निम्ति पार्टीको तर्फबाट क्षमाचायना गरेका छौं ।’

उनले थपे, संविधान र लोकतन्त्रको रक्षाका लागि यो स्वरुपको संघर्ष गर्नुपर्ने अवस्था आएको  हो । हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध भने नगर्ने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले बताइन् । 
परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने संघर्ष समितिले जनाएका छन ।

संयोजक श्रेष्ठका अनुसार २८ गते काठमाडौंमा जनसभा गर्ने कार्यक्रम यथावत नै राखिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार