२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

दाहाल-नेपाल समूह : "आन्दोलनका कार्यक्रम सार्वजनिक गरे "

बुधवार , माघ २१, २०७७

काठमाडौँ , माघ ।  प्रतिनिधिसभाको असंवैधानिक विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकाहरुलाई शपथ ग्रहण गराएर खटाएपछि नेकपाको दाहाल-नेपाल समूहले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

्बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिकी सह-संयोजक पम्फा भुसालले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरिएको बताइन् ।

देशभर आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै दाहाल-नेपाल समूहले तेस्रो चरणको आन्दोलन गरिरहेको छ ।

उक्त समूहले २८ गते राजधानीमा बृहत प्रदर्शन गर्दै छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार