२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

संवैधानिक निकाय :" सिफारिस गरिएकालाई आज ९ बजे शपथ गराइँदै"

बुधवार , माघ २१, २०७७

काठमाडौँ, माघ ।  विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई बुधबार बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बुधबार बिहान ९ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा शपथ ग्रहण गराउने तयारी भएको  जानकारी दिए ।

राष्ट्रपतिको उपस्थितिमा संवैधानिक आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउने उनले जानकारी दिए । आयोगका सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ गराउनेछन् ।

संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूलाई शपथ ग्रहण गराउन लागिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार