२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस नेता थानी भन्छन : "चुनाव गराउन प्रधानमन्त्री ओलीसँग सामर्थ्य छैन"

मंगलवार , माघ २०, २०७७

वीरेन्द्रनगर, माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव गराउन सामर्थ्य नभएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले  बताएका छन्।

वीरेन्द्रनगरमा आयोजनामा गरिएको विरोधसभालाई सम्बोधन गर्दै उनले यो चुनाव हुनै नसक्ने दाबी गरे।

अहिले ९० प्रतिशत जनता यसको विपक्षमा रहेको र चारजना पूर्व प्रधानन्यायाधीशसमेत प्रधानमन्त्री ओलीको प्रतिगामी कदमको विरोधमा रहेको उनको भनाइ छ।

संसद् विघटनको निर्णयले देशलाई संकटतर्फ लगेको उनले बताए। संविधान र लोकतन्त्र बचाउने जिम्मेवारी अब फेरि कांग्रेसको काँधमा आइपरेको उनले बताए।

ओली सरकार तानाशाहकै रुपमा यसरी अगाडि बढ्दै गए धेरै दिन टिक्न नस्कने उनको ठोकुवा छ।

नेकपा सरकारले जनताले दुईतिहाइ अभिमतलाई अपमान गरेको भन्दै उनले भने, ‘अब यसको जवाफ नेपाली जनताले निर्वाचनमार्फत दिनुपर्छ।’

पूर्वमन्त्रीसमेत रहेका नेता थानीले कांग्रेस निर्वाचनबाट कहिले पनि नडराउने भन्दै आगामी वैशाखमा चुनाव गरेर देखाउन प्रधानमन्त्री ओलीलाई चुनौती दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार