२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

संवैधानिक परिषद बैठक : "प्रधानमन्त्री ओलीले आज साँझ पाँच बजे बोलाए "

मंगलवार , माघ २०, २०७७

काठमाडौं, माघ  । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक बोलाएका छन् । यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेको दुई दिनपछि परिषदको बैठक बोलाइएको हो ।

प्रधानमन्त्री ओलीले साँझ पाँच बजे संवैधानिक परिषदको बैठक बोलाएका हुन् । विविध विषयमा छलफल गर्न बैठक बोलाइएको बालुवाटार स्रोतले बतायो । सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेपछि गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तियारसहितका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो ।

संसद विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी तथा सदस्यहरुको सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले सक्कलै फाइल फिर्ता पठाइदिएका थिए । संविधानमा संसदीय सुनुवाइपछि मात्र नियुक्ति हुने व्यवस्था छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार