२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

भारत : " नेपाललाई दिने वार्षिक अनुदानमा वृद्धि"

सोमवार , माघ १९, २०७७

काठमाडौं, माघ । भारतले नेपाललाई दिने वार्षिक अनुदानमा वृद्धि गरेको छ । आर्थिक वर्ष २०२१/२२ का लागि सोमबार वित्त मन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको केन्द्रीय बजेटअनुसार नेपालले पाउने वार्षिक अनुदान अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब १२ करोड भारु (१ अर्ब ८९ करोड रुपैयाँ)ले बढेको छ ।

भारतीय वित्त मन्त्रालयका अनुसार यो वर्ष नेपालले भारतबाट ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) प्राप्त गर्ने भएको छ ।

यसअघि भारतले आव २०२०-२१ को बजेटमा भने नेपालले पाउने अनुदानमा भारी कटौती गरेको थियो । आव २०१९-२० मा नेपालले पाउने अनुदान ११ अर्ब ९८ करोड थियो ।

गत वर्षको बजेटले यसलाई कटौती गरी ८ अर्ब ८० करोड भारुमा झारेको थियो । तर आज सार्वजनिक भएको बजेटमा भने नेपालले पाउने अनुदानमा वृद्धि भएको हो । यो बजेट अप्रिल २०२१ बाट कार्यान्वयनमा आउने छ ।

भारतले पहिलो पटक पेपरलेस बजेट ल्याएको छ । जसमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ ।

सबैभन्दा ठूलो अनुदान भुटानलाई भारतले विभिन्न मुलुकलाई दिने अनुदानमध्ये सबैभन्दा ठूलो रकम भुटानलाई छुट्टयाउने गरेको छ । यो रकममा भारतले उल्लेख वृद्धि गरेको छ । आंकडा अनुसार आव २०२१-२२ मा भुटानले भारतबाट ३० अर्ब ४ करोड भारु पाउने छ ।

चालु आव २०२०-२१ मा भने भुटानले २२ अर्ब ६१ करोड पाएको थियो । त्यसअगाडिको आवमा २६ अर्ब ६७ करोड रुपैयाँ भारु भुटानलाई भारतले दिएको थियो । यो वर्ष अनुदानका रुपमा भुटानपछि नेपालले बढी अनुदान पाएको छ ।

यस्तो छ भारतले घोषणा गरेको छिमेकी मुलुकलाई दिने अनुदान (भारु)

भुटान: ३० अर्ब ४ करोड

नेपाल : ९ अर्ब ९२ करोड

अफगानिस्तान : ३ अर्ब ५० करोड

बंगलादेश : २ अर्ब

नेपाल : ९ अर्ब ९२ करोड

श्रीलंका : २ अर्ब

माल्दिभ्स : २ अर्ब ५० करोड

म्यानमार : ४ अर्ब

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार