२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रदेश १ बैठक : " माघ २५ गते आइतबार बस्ने "

आइतवार , माघ १८, २०७७

विराटनगर, माघ । अनिश्चित समयका लागि स्थगित भएको प्रदेशसभाको बैठक माघ २५ गते आइतबार बस्ने भएको छ । माघ ७ गते करिव ३ मिनेट मात्र बसेर अनिश्चित समयका लागि स्थगित भएको बैठक २५ गते दिउँसो २ बजे बस्ने गरी आइतबार प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरेको हो ।

प्रदेशसभा सचिवालयमा बिजनेश अभाव भएको र मुख्यमन्त्री शेरधन राईको ब्यस्तताको कारण बैठक बस्न ढिलाई भएको हो । प्रदेशसभा सचिवालयमा यति

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका ३७  प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री राई विरुद्ध पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

तीमध्ये तीन जनाले लिखित रुपमा हस्ताक्षर फिर्ता लिएका छन् भने एकले पत्रकार सम्मेलन गरी हस्ताक्षर फिर्ता गरेको घोषणा गर्नुभएको थियो ।

यद्यपी मुख्यमन्त्री शेरधन राईले भने अविश्वासको प्रस्ताव दर्ता गर्दा रित नपुगेको र दलको नेतालाई जानकारी नदिई प्रस्ताव दर्ता गराएको भन्दै उक्त प्रस्तावमा छलफल हुन नसक्ने बताउँदै आउनुभएको छ । उनले अविश्वासको प्रस्ताव खारेज हुनुपर्ने बताउदै आउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार