काठमाडौं, माघ । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आइतबार बहस सुरु भएको छ ।
अधिवक्ता गोपाल पाण्डेले घरभित्रको झगडा घर भित्रै मिलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोशमा संसद विघटन गरेर जनतालाई दुःख दिएको टिप्पणी गरे । ‘घरभित्रको झगडा, घरभित्रै मिलाउनुपर्थ्यो ।
यो हिन्दी फिलिम जस्तो भयो,’ पाण्डेले भने, ‘प्रधानमन्त्रीले संसदप्रति आक्रोश पोख्ने, जनतालाई दुःख दिने काम गरे ।’
उनले संसद विघटन गलत भएको तर्क गरे । संसद विघटनविरुद्ध परेका एक दर्जन बढी रिटमा यही माघ ४ गतेदेखि संवैधानिक इजलासमा बहस हुँदै आएको छ ।