काठमाडौं, माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले नागरिकलाई डर देखाउने, धम्क्याउने र त्रास फैलाउने काम गरेको बताएका छन् ।
नेपाल महिला संघद्वारा सर्लाहीमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘यो सरकारले साइबर सेना लगाएर अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने र नागरिकहरूलाई धम्क्याउने काम गरेको छ ।’
नेकपा ओली समूहले अपराधीहरूलाई पार्टीमा प्रवेश गराइरहेको नेता कोइरालाको दाबी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयले देशलाई संकटतर्फ लगेको उनले बताए ।
डा. कोइरालाले संसद विघटन अलोकतान्त्रिक, असंवैधानिक बदनियतपूर्ण भएको बताए । कोइरालाले भने, ‘संसद विघटन गरेर यो सरकार सर्वसत्तावाद तर्फ अघि बढीरहेको छ ।’