२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपाका दुबै खेमाका प्रतिनिधि

प्रचण्ड - माधव खेमा प्रतिनिधिले भने : " १८ अघि कुनै बैठक बस्न नसक्ने"

शुक्रवार , माघ १६, २०७७

काठमाडौं, माघ  । निर्वाचन आयोगले बोलाए अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुबै खेमाका प्रतिनिधि निर्वाचन आयोगमा पुग्नु भएकाे छ ।

आयोगका पदाधिकारीसँग छलफल पछि प्रचण्ड पक्षका नेताहरु बाहिरिनु भएको छ भने ओली खेमाका नेताहरु छलफलमा रहनु भएको छ ।

आयोगमा केपी शर्मा ओली खेमाका तर्फबाट पूर्व सभामुख सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहाल, मन्त्री कृष्ण गोपाल श्रेष्ठ तथा रामेश्वर फुयाल आयोगमा जानु भएको थियो ।

त्यस्तै प्रचण्ड खेमाका तर्फबाट राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, मुक्ति प्रधान जानु भएको थियो । प्रचण्ड खेमाका प्रतिनिधिले अहिले प्रचण्ड तथा माधवकुमार नेपाल उपत्यका बाहिर रहेकाले १८ गते अघि कुनै बैठक बस्न नसक्ने र त्यस पछि उहाँहरु स्वयं आयोगमा उपस्थित हुने कुरा आयोगलाई जानकारी गराउनु भएको थियो ।

त्यस्तै नेकपा भित्रको अहिलेको विवाद निरुपण नगरी नयाँ दलदर्ताको प्रक्रिया अगाडि नबढाउन आफूहरुले सुझाव दिएको बैठकपछि सुरेन्द्र पाण्डेले पत्रकारहरुलाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार