काठमाडौं, माघ । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ ।
प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो
रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? भन्नेबारे लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ ।
सर्वोच्च स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले वारेस राखेर जवाफ दिन पाइँदैन, अदालतमा आफैं पेश गर्नुपर्छ।’
हेर्नुस् आदेश
