लुम्बिनी, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गरेका छन । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुगेका थिए ।
प्रधानमन्त्री हेलिकप्टरबाट त्यहा पुग्दा उहाँलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल, मन्त्री, प्रदेशसभाका सदस्य र प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य तथा सुरक्षा निकायका उच्च अधिकारीले स्वागत गरे ।
प्रधानमन्त्री आइपुग्दा उहाँलाई सर्वसाधारणले स्वागत गरेका छन् । पुल उद्घाटनपछि उहाँले राप्ती गाउँपालिका–२ लालमटियामा