२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

अध्यक्ष प्रचण्डले भने : 'ओली प्रतिक्रान्तिकारी भइसके, कलंकको टीका लगाइसके ’

सोमवार , माघ १२, २०७७

काठमाडौं, माघ  । ओली समूहले गर्ने भनिएको सभा पञ्च र्‍यालीभन्दा फरक नहुने नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

सोमबार प्रदेश २ का नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफूहरुको सभापछि प्रधानमन्त्री केपी शर्मा ओलीले साँचो सभा हामी गर्छौं भनेको सुनाए । उनले अघि भने, ‘केपीले जत्रो (सभा) गरेपनि पञ्च र्‍याली भन्दा फरक हुने छैन ।’

पञ्चहरुले पनि आफ्नो शासन ढल्ने ढल्ने बेलामा कर्मचारी, पुलिसलाई आउनैपर्छ भनेर बोलाउने तथा पैसा दिएर मान्छे ल्याएर सभाहरु गर्ने गरेको भन्दै प्रचण्डले अघि भने, ‘केपीहरुले गर्ने (सभा) ठूलो भएपनि के सानो भए पनि के ? ओली प्रतिक्रान्तिकारी भइसके, कलंकको टीका लगाइसके ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार