२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सर्वोच्च पुग्याे प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा !

आइतवार , माघ ११, २०७७

काठमाडौं । अदालतको अवहेलना  गरेकाे भन्दै  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध  मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । 

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्धामा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेकाले अवहेलना मुद्दा सर्वोच्च अदालतमा पुगेको  हाे । 

साे मुद्दा प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले रिट लिएर सर्वोच्च पुगेका हुन् ।

रिटमा उनले प्रधानमन्त्री ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार