२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रधानमन्त्री ओलीले भने : "प्रतिनिधिसभा विघटनको विरोध गर्ने देशका विरोधी "

आइतवार , माघ ११, २०७७

काठमाडौं, माघ  ।  प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले  बताएका छन् । आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको उनको दाबी छ ।

आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘संसद विघटन असंवैधानिक भयो, अलोक

तान्त्रिक भयो भनेर कराइरहेका छन् । ती कराउने मान्छेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छे हुन् ।’ बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेको खोजेकाले ताजा जनादेशमा जानु परेको उनले बताए ।

‘मैले आफ्नो हातमा लिएको भए पो तनाशाह हुन्छु, जनताको बीचमा जान्छु भन्दा म तानाशाह भएँ ?’ उनले भने, ‘किनबेच र तिकडम गरेर मै शासक रहन्छु भनेको छैन ।

मैले त जनताका बीचमा जाउँ भनेको छु ।’ उनले आगामी निर्वाचनबाट देशको अहितमा काम गर्नेहरुलाई गेठान लगाउन आग्रह गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार