२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

डा. कोइरालाले  भने : "प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्नेमा कांग्रेसभित्र विवाद छैन"

आइतवार , माघ ११, २०७७

महेन्द्रनगर, माघ । कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले  प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक हो भन्नेमा नेपाली कांग्रेसभित्र कुनै विवाद नरहेको बताएका छन् ।

उनले भने, ओलीको संसद विघटनको कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने अडान लिएका छन् । शनिबार सुदूरपश्चिमको कञ्चनपुर पुगेका नेता डा. कोइरालाले पार्टी कार्यालय महेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

ओलीले बैशाखमा चुनाव गराउन अथवा माधवकुमार नेपाल र प्रचण्डलाई तह लगाउन संसद विघटन गरेकै हैनन् भन्ने कोइरालाको दाबी छ । उनले भने, ‘संसद विघटनको निर्णय अराजनीतिक र असंवैधानिक भएको र संसद पुनर्स्थापनाको विकल्प छैन ।’

कोइरालाले अबका दिनमा पार्टीभित्रका कुनै पनि इमानदार र निष्ठावान कार्यकर्तालाई अन्याय हुन नदिने प्रतिबद्धता समेत जनाए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार