काठमाडौं, माघ । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । सभामुख सानुकुमार श्रेष्ठले दिउँसो एक बजे प्रदेशसभा बैठक बोलाएका हुन् । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने प्रचण्ड–माधव समूहका नेता शालिकराम जम्मकट्टेलले सञ्चारकमीलाइ जानकारी दिएका छन ।
बागमती प्रदेशसभाका कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले पनि आजको बैठकमा अविश्वास प्रस्तावमाथि छलफल हुने सञ्चारकमीलाइ बताए । यद्यपि आजको बैठकको कार्यसूची के–के हुने भन्ने विषय कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने छ ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–माधव समूहका ४५ प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
कांग्रेस अहिलेसम्म न्युट्रल देखिएकाले अविश्वास प्रस्ताव पास हुने÷नहुने टुंगो छैन । यदि अविश्वास प्रस्ताव फेल भए एक वर्षसम्म अविश्वास प्रस्ताव पेश गर्न पाइँदैन ।