काठमाडौँ, माघ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जनताबाट अनुमोदित भएर आएपछि मात्र नेपलाी काँग्रेस सत्तामा जाने बताएका छन । डा. महतले सो कुरा संसद बिघटनबिरुद्ध नेपाली काँग्रेस महानगरीय समिति वडा नं ४ काठमाडौँले आज आयोजना गरेको कार्यक्रममा बताएका ह’न ।
कार्यक्रममा डा. महतले भने, कम्युनिष्ट पार्टीको सरकारले बिगत तीन बर्षदेखि गर्दै आएका कुशाशन, भ्रष्टाचार, अनियमितता, लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाउन गरिएका दुस्प्रयास, संबिधानको ठाडो उलंंघन जस्ता कार्यका निम्ति देशभर बिरोध कार्यक्रमको आयोजना गरेको हो ।
उनले थपे, प्रधानमन्त्री ओलीले गरेको संसद बिघटन संबिधान बिपरितको काम हो, सो अहिले अदालतमा प’गेको छ, अदालतले गरेको निर्णय काँग्रेसलाई अमान्य भएपनि त्यसलाई स्वीकार गर्छ ।
नेपाली काँग्रेस चाहन्छ, संसद पुनस्थापना होस या निर्बाचनबाट होस, लोकतन्त्रका लागि संसद चाहि छिटोभन्दा छिटो अस्तित्वमा आउनुपर्छ । निर्बाचन र संसद बेगर लोकतन्त्र रहँदैन, सरकारमा जो आओस पद्धति मर्न भएन ।
नेपाली काँग्रेसले गरेको यो दोस्रो चरणको अन्तिम बिरोध कार्यक्रममा डा.महतले भने, राष्टबादका ठूला भाषण छाँट्ने ओली सरकारका एक मन्त्री भारत गएर सीमा बारे चुईक्क पनि नबोल्नुले यिनको खोक्रो राष्टबाद उदांगिएको पनि बताए ।
सो कार्यक्रममा पूर्व सांसद रमा गुरागाइँले संबिधान यी नेताले होइन हामीले ल्याएको हो, बिघटन गर्न नपाइने बताइन ।
कर्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ५ 'क' का सभापति भैरव सापकोटाले ओली सरकारले जनतालाई स -साना खालका सेवा पनि दिन नसकेको उल्लेख गरे ।
नेपाली काँग्रेस महानगरीय समिति वडा नं ४ का सभापति रामप्रशाद न्यौपानेले यो कम्युनिष्ट सरकारले संबिधान 'कु' गरी सर्बसत्ताबाद लाद्न खोजेकाले कडा बिरोधमा उत्तनु परेको बताए ।
कार्यक्रमका सभापतिसमेत रहेका न्यौानेले ५ नं क्षेत्रबाट बिजयी भइ गएका हालका उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाका नाममा जनतालाई सुविधाभन्दा अकूत भ्रष्टाचार गरेको खुलासा गर्दै हामी त्यतिकै बसेका छैनौ, सबै हिसाब राखेका छौ, निर्बाचनका बेला ती सबै बेली बिस्तार गरी जनता सामू ल्याउने पनि जनाए ।
सो कार्यक्रममा काठमाडौ क्षेत्र नं ५ का सभापति रमेश खड्काको पनि उपस्थिति रहेको थियो ।