२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस सभापति देउवाले अपील

कांग्रेसकाे विरोध प्रदर्शन आज : "देशभरका ६ हजार ७४३ वडामा कार्यक्रम गर्दै"

असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध ऐक्यवद्धता प्रकट

बिहिवार , माघ ८, २०७७

काठमाडौं, माघ  ।  नेपाली कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैमा अपील गरेका छन् ।

सभापति देउवाले कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन विज्ञप्तिमार्फत अपील गरेका हुन् । कांग्रेसले संसद विघटनको विरोधमा  आज देशभरका ६ हजार ७४३ वडामा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्दैछ ।

कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको छ । उक्त असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

सभापति देउवाले पार्टीको सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न विज्ञप्तिमार्फत अपील गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार