२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

दाहाल–नेपाल पक्ष : "बालुवाटारमा बुझायो ओलीलाई स्पष्टीकरण पत्र"

सोमवार , माघ ५, २०७७

 

काठमाडौँ, माघ । नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्‍ने निर्णयको पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएको छ ।

माघ २ गते बसेको उक्त समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री समेत ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार स्पष्टीकरण सोधिएको पत्र बुझाउन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीको सरकारी निवास छिर्ने गेटबाट नै आफूले पत्र बुझाएर फर्केको ढकालले बताए ।

हामी त्यहाँ पुग्यौं र यस्तो खालको पत्र बुझाउन आएका हौ भन्यौं । गेटमा बस्ने सुरक्षाकर्मीलेभित्र सोध्नुभयो पत्र बुझ्न के गर्ने भनेर । भित्रबाट बुझ्नुस् भन्ने आदेश आएपछि पत्र त्यहि बुझाएर फर्कियौं,' ढकालले  भने

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार