२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

अध्यक्ष प्रचण्डले भने : "राज्य सम्हालेकाबाट नै जनताकाे 'म्यान्डेट'लाइ नै हाँसी मजाकमा उडाइयाे ! ”

आइतवार , माघ ४, २०७७

काठमाडौं, माघ । नेकपा (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाइ विहानको उदाउँदो ‘सूर्य’ जस्तै भएकाले नेपाली राजनीतिको भविष्य र भरोसा युवामा रहेको बताएका छन । प्रचण्ड–माधव पक्षको राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो बैठकमा आइतबार यहाँ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन ।

“भोलिको नेपालको नेतृत्व, भोलिको समाजवादी विचारको विश्लेषण गरी समाजलाई सही दिशा दिने जिम्मेवारी तपाईहरुको काँधमा छ” अध्यक्ष प्रचण्डले भने, “कम्युनिष्ट पार्टीको उत्तराधिकारी पनि तपाईहरु नै हो ।”

हामी जीवनको उत्तरार्धमा पुगिसक्यौं, तपाईहरुको भविष्य शुरु भएको छ त्यसैले भोलिको नेतृत्वकर्ता तपाईहरु नै हो अध्यक्ष प्रचण्डले भने, “हाम्रो पिँढीको दुर्बल पक्ष हटाई नयाँ र सही दिशा दिनमा तपाईहरु सफल हुनुहुनेछ भन्ने मलाई विश्वास छ ।”

लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिको रक्षा गर्नु नै अहिलेको मुख्य चुनौती रहेको बताउँदै अध्यक्ष प्रचण्डले त्यसका लागि जागरुक हुन आग्रह गरे । उहाँ “हामी हाँसी मजाक गर्ने बेलामा अहिले छैनौं, गम्भीर चिन्ताको बेलामा छौं, मजाक नगरौं ।”

नेपाली जनताले लडेर ल्याएको उपलब्धि गुम्ने पो हो कि भन्ने आफूलाई चिन्ता भएका बेला आफू ‘हाँस्न’ नसक्ने उनले बताए । जनता उत्साहित र खुशी भएमात्र आफू ‘हाँस्न’ सक्ने पूर्व प्रधानमन्त्री प्रचण्डले भने, “जनता दुःखी छन्, चिन्तित छन्, यस्तोबेला हाँस्नु भनेको ‘जोक’ गर्नु हो, यस्तोबेला हाँस्न सकिँदैन ।”

आफूहरु प्रतिक्रान्तिको बाटो हिँड्न नसक्ने बताउँदै अध्यक्ष प्रचण्डले भने, “पार्टीको बैठकमा बहस र छलफल हुन नसक्दा अहिलेको अवस्था सिर्जना भएको हो ।”

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार