२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

धनकुटा : गृहमन्त्रीलाई कालो झन्डा देखाइयो

शनिवार , माघ ३, २०७७

 

धनकुटा, माघ । धनकुटा पुगेका  गृहमन्त्री तथा नेकपा (ओली समूह) का सचिवालय सदस्य रामबहादुर थापालाई  कालो झण्डा देखाइएको छ ।   

नेकपा धनकुटाले आयोजना गरेको कार्यकर्ता भेलालाई शनिबार सम्बोधनका लागि धनकुटा पुगेका थापालाई नेपाल विद्यार्थी संघ आबद्ध विद्यार्थीले कालो झन्डा देखाएका हुन् ।

उनी कडा सुरक्षाका साथ कार्यक्रमस्थल त्रिवेणी माध्यमिक विद्यालयतर्फ जाँदै गर्दा कालो झन्डा देखाइएको हो । उनीहरुले सरकार विरोधी नारासमेत लगाएका थिए । गृहमन्त्री थापा सेनाको हेलिकप्टरबाट गएका त्यहाँ पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार