दाङ, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अशान्ति फैलाएको दाहाल–नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
दाङको घोराहीमा आयोजित पत्रकार भेटघाटमा माधवकुमार नेपाल शनिबार बिहान घोराहीमा आयोजित पत्रकार भेटघाटमा नेपालले बहुमतप्राप्त सरकार हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेर ओलीले देशमा अस्थिरता निम्त्याएको बताए ।
आधिकारिक नेकपा आफूहरु भएको दाबी गर्दै नेपालले ओली समूहलाई ‘ओली गुट’को संज्ञा दिए । अब ओलीको कदमविरुद्ध अन्य दलहरुसँग सहकार्य गरेर सशक्त आन्दोलन थाल्ने जानकारी दिँदै नेपालले ओलीले त्यसको सामना गर्नुपर्ने धारणा व्यक्त गरे ।
दाहाल–नेपाल पक्षीय नेकपाले शनिबार तुलसीपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न दाङ आएका नेपालले प्रतिनिधिसभा पुन:स्थापना भएरै छाड्ने दाबी गरे । कार्यक्रममा नेकपा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पनु, ओनसरी घर्तीलगायतका नेताहरुको सहभागिता थियो ।