२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस सभापति देउवाकाे अपिल : " आन्दोलनमा सहभागी हाेअाै "

शुक्रवार , माघ २, २०७७

काठमाडौं, माघ । भोलि (माघ ३ गते)  शनीबार गर्ने हुने  आन्दोलनमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  अपिल गरेका छन् । आज एक वक्तव्य सार्वजनिक गर्दै देउवाले  भने, सरकारले असंवैधानिक रुपमा गरेको संसद् विघटनविरुद्धको आन्दोलनमा सहभागी हुने अपिल गरेका हुन् ।

“प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध नेपाली कांग्रेस देशव्यापी प्रदर्शन गरिरहेको छ,। ”  

देउवाले वक्तव्यमा भनेका छन्, “पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका छन् ।

भोलि माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु ।”

उनले संसद् विघटनविरुद्ध कांग्रेस एक रहेको भन्दै नागरिकस्तरबाट पनि त्यसको प्रतिरोध आवश्यक रहेको बताएका छन् । “संसद् विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं ।

संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ,” देउवाले भनेका छन ।

उनले वक्तव्यमा भनेका छन्, “पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु ।”

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार